काठमाण्डौ। फ्रान्सेली अर्बपति व्यापारी फेरि बर्नाड अर्नाल्ट विश्वमै पहिलो धनी बनेका छन् । 

विश्वमै धनी व्यक्तित्वको रुपमा आगाडि आएका उनी लुइस भिटन मोएट हेनेसी(एलभीएमएच) का सीईओ पनि हुन् ।

उता अमेरिकाका अर्बपति व्यापारी तथा  विश्वप्रसिद्ध कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क भने यो वर्ष दोस्रो नम्वरमा झरेका छन् ।
अमेरिकी पत्रिका फोब्र्सका अनुसार अर्नाल्डको नेटवर्थ अब २११ बिलियन डलर पुगेको छ ।जबकि मस्कको नेटवर्थ १८० बिलियन डलरमा झरेको छ । मस्क सन् २०२२ भने विश्वकै धनी थिए । 

बर्नाड अर्नाल्टलाई विश्वमै आधुनिक फेसन डिजाइनरका गडफादरको रुपमा लिने गरिन्छ । उनी फेसन गू्रप एलभीएमएच) को संस्थापक, अध्यक्ष तथा सवैभन्दा ठूला शेयरहोल्डर पनि हुन् । एलभीएमएचको ६० सहायक कम्पनीको ७५ ओटा लक्जरी ब्रान्डहरु रहेका छन् ।

यसैगरी दोस्र्रो स्थानमा रहेका मस्कको गत सालसम्ममा २१९ बिलियन डलर नेटवर्थ रहेको  थियो।  उनले गत वर्षको अक्टोबरमा १८० बिलियन डलरमा सामाजिक सञ्जाल ट्विटर  खरीद गरेका थिए  ।

ट्विटर खरीद गरेलगत्तै उनको कम्पनी टेस्लाको शेयरमूल्यमा गिरावट आएको थियो । जसका कारण उनको नेटवर्थ पनि घटेको छ ।
उता अमेरिकाकै अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ ११६ बिलियन डलर रहेको छ । चौथो स्थानमा माइक्रोसफ्टका बिल गेट्स रहेका छन् । 
उता एशिया अन्तरगत भारतका रिलायन्स इन्डष्ट्रिका मालिक मुकेश अम्बानी चाहिं नौं स्थानमा रहेका छन् । उता गौतम अडानी भने २४ औं नम्वरमा छन्।
विश्वमै घट्यो धनीको संख्या
विश्वव्यापी रुपमा शुरु भएको कोरोना महामारी, आर्थिक मन्दीको प्रभाव तथा युक्रेन युद्धका कारण विश्वमै धनीको संख्या घटेको छ । फोब्र्सले सार्बजनिक गरेको रिपोर्टका अनुसार सन् २०२३ मा विश्वभर धनीको संख्या घटेर २ हजार ६४० रहेको छ । जसअनुसार ती सवैको कुल नेटवर्थ जम्मा १२.२ ट्रिलियन डलर रहेको छ ।
सन् २०२२ मा विश्वमा २ हजार ६६८  बिलेनियर्स रहेको बताएको थियो । अमेरिकामा धनी व्यक्तिको संख्या ७३६ रहेको  भने चीनमा ५६२ जना रहेको छ । उता भारतमा भने रिलायन्स इन्डष्ट्रिका मालिक मुकेश अम्बानीको कुल नेटवर्थ ८३.४ बिलियन डलर भने अर्बपति व्यापारी गौतम अडानीको ४७.२बिलियन डलर छ ।

त्यसैगरी यो वर्ष भारतकै शिव नादार, सायरस पूनावाला, लक्ष्मी मित्तल, सावित्री जिंदल, दिलीप संघवी, राधाकृष्ण दमानीसहित केहि व्यक्तिहरु अर्बपतिको सूचीमा उक्लिएका छन् ।
को हुन् बर्नार्ड अर्नाल्ट ?
उनलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादरको ?पमा मानिन्छ। उनी विश्वको सबैभन्दा ठूलो फेसन समूह लुइस विटन मोएट हेनेसीको संस्थापक अध्यक्ष र सबैभन्दा ठूला सेयरहोल्डर हुन् ।

बर्नार्ड अर्नाल्टको समूह लुइस भिटन मार्केट क्यापको हिसाबले आफ्नो निकटतम प्रतिद्वन्द्वी केरिङभन्दा झण्डै चार गुणा ठूलो रहेको छ । एजेन्सी