काठमाण्डौ । लामो समयसम्म बन्द भएको सेयर बजार अब खोल्नुपर्नेमा सबै पक्ष सहमत देखिएका छन् ।
सरकारले कोरोना रोकथामका लागि लागू गरेको लकडाउनलाई जेठ ३२ गतेसम्म कायम राखेको छ । त्यसपछि भने सेयर बजार खुलाउनुपर्नेमा सबै पक्ष सहमत देखिएका हुन् ।
यसअघि लकडाउनकै बीच २ दिन सेयर बजार खुलाइएको थियो । तर, लगानीकर्ताको तीव्र विरोध तथा सरकारले लकडाउनमा थप कडाई गरेसँगै बन्द भएको थियो ।
तर, अब भने बजार खुलाउँदा कुनै पनि पक्षको विरोध वा अवरोध नहुने अवस्था देखिएको छ ।
विश्वका अन्य देशका पूँजीबजार लकडाउनकै अवधिमा समेत खुलेका थिए । ती बजारहरु क्रमशः सुधारको बाटोमा फर्किन थालेपछि नेपाली लगानीकर्ताहरुलाई समेत लकडाउनपछि बजारमा सुधार हुने आशा पलाएको देखिएको छ ।
गत आइतबार नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउन लम्बिने संकेत गर्दै आवश्यक तयारीकासाथ धितोबजार खोल्न निर्देशन दिइसकेका छन् ।
आम लगानीकर्ताहरुले समेत करिब ३ महिनासम्म बन्द धितोपत्र बजार अब खुलाउनुु पर्ने भन्दै सामाजिक सञ्जालमा धारणा राख्न थालिसकेका छन् ।
अर्थमन्त्रीको बजार खुलाउने निर्देशनपछि गृहकार्य थालिएको र अबको लकडाउन मोडालिटी कुरेर बसेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘अब बजार खुुलेपछि बन्द नहुुने गरी खोल्नुुपर्ने अवस्था छ।’–उनले बिजशालासँग भने ।
बजार पुनः सञ्चालनका लागि नयाँ गर्नुुुपर्ने काम केही नरहेको उल्लेख गर्दै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रवक्ता मुुराहरि पराजुुली भन्छन्–‘हामी तयार नै छौं ।’
धितोपत्र बजार खोल्न कुुनै समस्या नभएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटको पनि भनाइ छ । ‘हामी निर्देशनको प्रतीक्षामा छौं।’उनले बिजशालासँग भने–‘अहिले पनि हामी ब्रोकर अफिस खोलेर आन्तरिक कार्यहरु भने गरिरहेका नै छौं ।’
अब भने बजार खोल्नुपर्ने नेपाल पूूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको माग छ । घरभित्र थुुनेर नराखी बजारमा लगानीकर्ताहरुको व्यापक सहभागिताका साथ बजार खोल्दा राहत प्याकेज र छुुटसहित खोल्नुुपर्नेमा उनको जोड छ । प्रत्यक्ष अनुुभूूत गराउने र लगानीकर्ताहरुको मनोबल बढाइने किसिमका ढुुक्कको वातावरण सिर्जना गर्न उनले माग गरिन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago