काठमाण्डौ । दसैँपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से इन्डेक्स २८.१८ अंकले घटेर १८७५ विन्दुमा कायम हुन पुगेको छ। 

नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य भएका छन्। बीमा समूहका दुईवटै इन्डेक्ससमेत उच्च अंकले घटेका छन्। जीवन बीमा उपसूचक १.९७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.९६ प्रतिशतले घटेका छन्। 

बीमा समूहका सबइन्डेक्स घट्दा सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ। आज सर्वाधिक भाउ घट्ने कम्पनीमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ  ५.१४ प्रतिशत अर्थात् २५.५० रुपैयाँले घटेर ४७१ रुपैयाँमा कायम भएको छ। 

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको ३.६१% ले घटेर ४९४.५० रुपैयाँ कायम भएको छ। यसका साथै आइएमई लाइफको ३.०९%, एसियन लाइफको २.९२%, सानिमा रिलायन्स लाइफको २.९०%, सानिमा जीआईसी इन्स्योरेन्सको २.६६%, हिमालयन लाइफको २.५१%, सिटिजन लाइफको २.४८%, रिलायबल नेपाल लाइफको २.४८%, एनएलजी इन्स्योरेन्सको २.१९%, सलिकोको २.०२%, सन नेपाल लाइफको १.८८% र शिखर इन्स्योरेन्सको १.७९%ले घटेको छ। 

यसैगरी एलआईसी नेपालको पनि १.७८%, सूर्यज्योति लाइफको १.७८%, सिद्धार्थ प्रिमियरको १.६८%, प्रभु इन्स्योरेन्सको १.६०%, नेसनल लाइफको १.५२%, नेपाल इन्स्योरेन्सको १.४६%, आईजीआई प्रडेन्सियलको १.३३%, नेपाल लाइफको १.२३%, नेको इन्स्योरेन्सको ०.८६% र नेपाल रिइन्स्योरेन्सको ०.६६% ले घटेको छ। 

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको लिस्टमा दुईवटा बीमा कम्पनी परेका छन्। सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ३० लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सको १ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।