काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ। 

सर्लाही जिल्लाको मलंगवा नगरपालिका–९ स्थित शाखा कार्यालय मलंगवा विस्तार गरी सोमबार कारोबार शुभारम्भ भएपछि ७७ वटै जिल्लाका सदरमुकाममा बैंकको सेवा पुगेको हो। वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै पहिलो बैंकको रुपमा बैंकिङ पहँुच पुर्याइरहेको छ।

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्ममा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। २०७९ असार मसान्तमा बैंकको ग्राहक निक्षेप रु. २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ। आ.व. २०७८–७९ मा बैैंंकको सेयरधनी कोष रु. ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति रु. ३ खर्ब २९ अर्ब पुगेको छ।

बैंकको सफलताका लागि उल्लेखनीय योगदान पुर्याउने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, सेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारीलगायत समग्र सरोकारवालाप्रति बैंकले हार्दिक धन्यवाद प्रकट गरेको छ। यसका साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ। 

बैंकको हाल सातै प्रदेशका ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेका छन्।