काठमाण्डौ । आगामी आर्थिक वर्षमा सबै सार्वजनिक निकायमा ई–बिडिङ विस्तार गरिने भएको छ।
आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दे अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। ‘सार्वजनिक खरिदलाई, पारदर्शी र प्रभावकारी बनाउन ऐन–नियमावली आवश्यक परिमार्जन गरिनेछ’, उनले भने, ‘ई–बिडिङलाई थप व्यवस्थिति गरिनेछ। सबै सार्वजनिक निकायमा विस्तार गरिनेछ।’
आयोजना कार्यान्वयनका लागि कात्तिक महिनाभित्र ठेक्का व्यवस्थापन गरिसक्नुपर्ने व्यस्था पनि बजेटमा गरिएको छ। ‘सो समयमा ठेक्का प्रक्रिया अगाडि नबढेको कार्यक्रम विनियोजित बजेट रोक्का गर्न सकिनेछ’, अर्थमन्त्रीले भने।
आगामी आर्थिक वर्षको आयोज मसान्तसम्म एवं असार महिनामा रकमान्तरण नगरिने पनि अर्थमन्त्री महतले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago