काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८५४ प्रतिशत नगद लाभांश गरि कुल ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यसैगरी, कम्पनीले सेयर संरचना अनुपात ७० : ३० (संस्थापक र सर्वसाधारण) कायम गर्ने उद्देश्यले नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन(एफपीओ) सम्बन्धी प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा सञ्चालन प्रयाजनार्थ बुक क्लोजभन्दा अगावै उक्त सेयर समायोजन भए समायोजित सेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने बताएको  छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।
कम्पनीको चुक्तापूँजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ ।