काठमाण्डौ । नेप्सेमा सूचीकृत दुई कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।

समता लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेका लाभांश प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजना समता लघुवित्तले पुस ५ गतेदेखि पुस १४ गतेसम्म र युनाइटेड मोदीले पनि पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका छन्। पुस ३ गते शुक्रबार र पुस ४ गते शनिबार पर्ने भएकोले आज (पुस २ गते) सम्म कायम सेयरधनीहरुमात्र यी दुई कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।

समता लघुवित्तले गत आर्थिक वर्ष का लागि कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद लाभांश रहेका छन्। यो लाभांश संस्थाले यही पुस १४ गते बाराको सिमरास्थित होटेल क्यासिकमा डोकेको सातौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। 

यसैगरी युनाइटेड मोदीले सेयरधनीहरुलाई तिर्नुपर्ने करसहित ५.२६३ प्रतिशते हुन आउने कुल ६ करोड ५ लाख २६ हजार ३१५.८ रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ। यो लाभांश कम्पनीले यही पुस २२ गते काठमाण्डौको कमलादीस्थित हेरिटेज प्लाजास्थित रजिस्टर्ड कार्यालयमा डोकेको सातौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।