काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि समता लघुवित्त वित्तीय संस्था लिमिटेडको आइतबार सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि समता लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो संस्थाको अब प्रतिकित्ता ५५० रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६६० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै संस्थाको सेयर कारोबारमा आउनेछ।

समता लघुवित्तले गत आर्थिक वर्ष का लागि कुल २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद लाभांश रहेका छन्। यो लाभांश संस्थाले यही पुस १४ गते बाराको सिमरास्थित होटेल क्यासिकमा डोकेको सातौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजना समता लघुवित्तले आज पुस ५ गतेदेखि पुस १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ३ गते शुक्रबार र पुस ४ गते शनिबार परेकोले गत पुस २ गतेसम्म कायम सेयरधनीहरुमात्र समता लघुवित्तको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।