काठमाण्डौ । सार्वजनिक खरिद अनुमगन कार्यालयले विभिन्न ७ वटा निर्माण व्यवसायी तथा आपूतिकर्ता कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको छ। 

कार्यालयले आत्रेय निर्माण सेवा प्रालि (काठमाण्डौ), एसियन लेदर इन्डस्ट्रिज प्रालि/मोर्डन सुज प्रालि जेभी (काठमाण्डौ), जीवाई कन्स्ट्रक्सन प्रालि (काठमाण्डौ), गोल्डफिस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालि (रोल्पा), मिलेनियम शंकरमाली जेभी (काठमाण्डौ), एसएच इन्फ्राटेक प्रालि/प्यासिफिक बिल्डर्स प्रालि (प्यासिफिक जेभी) (काठमाण्डौ) र श्रेष्ठ निर्माण सेवा (पाल्पा)लाई कालोसूचीमा राखेको छ। 

सम्बन्धित सार्वजनिक निकायहरुले समयमै काम नगरेकोले कारबाही गर्न सिफारिस गरेबमोजिम यी कम्पनीहरुलाई सार्वजनिक खरिद अनुमगन कार्यालयले कालोसूचीमा राखेको हो। 

यीमध्ये आत्रेय निर्माणलाई २ वर्ष, एसियन लेदरलाई २ वर्ष, जीवाई कन्स्ट्रक्सनलाई १ वर्ष, गोल्डफिस इन्जिनियरिङलाई १ वर्ष, मिलिेनियम शंकरमालीलाई २ वर्ष, एसएच इन्फ्राटेकलाई ३ वर्ष र श्रेष्ठ निर्माण सेवालाई १ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको छ। 

कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीहरुले सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ।