काठमाण्डौ । सरकारले समयमै काम नगर्ने ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कारबाही गर्दै कालोसूचीमा राखेको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ९ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो। ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। 

यसरी कालो सूचनामा राखिएका कम्पनीहरुमा बीटी/शिवराम जेभी (काठमाण्डौ), अमन एन्ड इसा कन्स्ट्रक्सन (कैलाली), शिवराम/सिद्धगढी जेभी (दोलखा), आकाश एन्ड पवन कन्स्ट्रक्सन (कञ्चनपुर), दिनेशचन्द्र आर/नागार्जुन/कोशी एन्ड न्यौपाने जेभी (काठमाण्डौ), आकाश एन्ड पवन पवन कन्स्ट्रक्सन (कञ्चनपुर), रुजन–जगददम्बा–भुवनेश्वरी एन्ड भैभव जेभी (खोटाङ), ड्रप स्पलाई एन्ड सर्भिसेज (काठमाण्डौ) र थोकर/निभा/लयुल जेभी (काठमाण्डौ) छन्। 

अब यी कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।