काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरुलाई सेयर बिक्री गरेको दोस्रो दिनभित्रै निर्देशन पूूर्जी(डीआइएस वा इडीआइएस) निक्षेप सदस्यलाई बुुझाउन आग्रह गरेको छ ।

कारोबार सम्पन्न भएपश्चात् नेप्सेले कारोबारको पूर्ण विवरण सिडिएससीलाई पठाउँछ । कारोबार सम्पन्न भएको दिनको अपरान्ह ५ बजेपछि सिडिएससीको सिस्टममा जेनेरेट भएपछि भने लगानीकर्ताले मेरो सेयरमार्फत इडीआइएस गर्न सक्छन् । 

दोस्रो कार्यदिनको बेलुुकी १२ बजे रातिसम्म मात्र इडीआइएस हुुने, तर सेटलमेन्टको तेस्रो दिन भने इडीआइएस गर्न मिल्दैन । यहीकारण समेत पूूँजीगत लाभकर घोषणा र क्लोजआउटको झमेला बढेको र यसमा लगानीकर्ताहरुको आफ्नै लापरवाही र हेल्चेक्र्याइ मुख्य कारण देखिएको डीपीहरु बताउँछन् । पछिल्लो समय कारोबार संख्यामा बढोत्तरी भएसँगै लगानीकर्ताले बेलैमा डीआइएस वा इडीआइएस नगरिदिंदा सेटलमेन्ट गर्न डिपीहरुलाई समस्या परिरहेको छ । 

हाल इडीआइएस गर्नेको संख्या ८५ देखि ९० प्रतिशतसम्म पुुगेको सिडिएससीको तथ्यांकमा छ ।

हरेक दिन कारोबार भएको धितोपत्रको राफसाफ तथा फछ्र्यौट सम्बन्धी कार्य कारोबारपछिको तेस्रो कार्य दिन टीप्लस थ्रीको अपरान्ह १२ बजेबाट सेटलमेन्ट सुुरु हुुने भएकाले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौटका लागि लगानीकर्ताले बिक्री गरेको धितोपत्र सम्बन्धित राफसाफ सदस्यको राफसाफ खातामा हस्तान्तरण गर्नका लागि आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यलाई जारी गरिने निर्देशन पूूर्जी कारोबार पछिको दोस्रो दिन अर्थात् टीप्लस टूू भित्र अनिवार्य रुपमा निक्षेप सदस्यको कार्यालयमा बुुझाउन सिडिएएससीद्वारा जारी सूूचनामा उल्लेख छ ।

लगानीकर्ताले मेरो सेयर पोर्टलमार्फत इडीआइएस सेवा प्रयोग समयमा नै दायित्व पूूरा गर्न र भौतिक रुपमा डीआइएस प्रयोग गर्ने लगानीकर्ताले कारोबार सम्पन्न भएको टीप्लस वानभित्रै सम्बन्धित बिक्रीकर्ता राफसाफ सदस्यलाई आफूले बिक्री  गरेको धितोपत्रको भारित औसत लागत उपलब्ध गराउन सिडिएससीले आग्रह गरेको छ।

तोकिएको समयभित्र निर्देशन पूूर्जी नबुुझाएका कारणले कुुनै कारोबार क्लोजआउट पर्न गए वा भारित औसत लागत नबुुझाएका कारण १०० रुपैयाँकै आधारमा लाभकर गणना हुने भएकाले सजगतापूर्वक तोकिएको समससीमाभित्र सेयर हस्तान्तरण गर्न सिडिएससीले अनुुरोध गरेको छ ।

बैंकले खोलेका डीपीहरुमा डीआइएस वा इडीआइएसको इस्यूू ब्रोकर कम्पनीहरुको भन्दा उल्लेख्य रुपमा अधिक पाइन्छ । ब्रोकर कम्पनीका डीपी शाखामा कार्यरत कर्मचारीहरुले भने लगानीकर्ताहरुलाई निर्देशन पूूर्जी समयमै हस्तान्तरण गर्न फोन सम्पर्क गरेर सहयोग गरिरहेका छन् ।

लगानीकर्ताको हित र सहजताका लागि ब्रोकर कम्पनीका डीपीहरुमा डिम्याट खाता भएको खण्डमा भने क्लोजआउटको जोखिम न्यूून रहेको बताइन्छ ।