काठमाण्डौ । साताको अन्तिम कारोबार बिहीबार बजार खुलेको पहिलो एकघण्टामा हराभरा भएको छ । नेप्से परिसूचक ८.१९ अंकले बढेको छ भने सबै समूहको सूचक हराभरा भएका छन् । 

एकघण्टासम्म ३ करोड २७ लाखको कारोबार भएको छ । यो अवधिसम्म ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिएको छ । 

अधिकांश लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा देखिए पनि पूर्वनिर्धारित समयभित्रै अनलाइन कारोबार प्रणाली आउने खबरका कारण लगानीकर्ता उत्साहित देखिएका छन् । यसैको प्रभावले बजार हराभरा देखिएको हो । 

यो अवधिसम्म जलविद्यूत समूहमा सबैभन्दा धेरै बढोत्तरी देखिएको छ । यो समूहको सूचक १.०५ प्रतिशतले बढेको छ । 

यस्तै, बैंकिंग र विकास बैंक समूहको सूचकमा समेत १ प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ ।

यो अवधिसम्म मुक्तिनाथ विकास बैंकको संस्थापक सेयरको बढी कारोबार भएको छ भने सनराइज बैंक धेरै कारोबार गर्ने कम्पनीको सूचिमा अगाडि देखिएको छ ।