काठमाण्डौ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न राष्ट्र बैंक गम्भीर भएर लागिपरेको बताएका छन्।
प्रतिनिधिसभामा आइतबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा प्रस्तुत गरेपछि सांसदले उठाएका प्रश्नमा अर्थमन्त्री पौडेलले यस्तो जबाफ दिएका हुन्। ‘तरलता र ब्याजदरका समस्या राष्ट्र बैंकले मौद्रिक नीतिका उपकरणका माध्यमबाट सम्बोधन गर्ने प्रयास गर्दै आएको छ’, उनले भने।
अर्थमन्त्री पौडेलले ब्याजदर र तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकले गम्भीर भएर लागेको बताए। उनका अनुसार राष्ट्र बैंकले बजारको अवस्था हेरेर सन्तुलित मौद्रिक नीतिका माध्यमबाट यसलाई सम्बोधन गर्न प्रयास गरेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19