काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ। 

अचाक्ली आकर्षण देखिएको यो कम्पनीको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरु वा ‘मेरो सेयर’ बाट खरिद आवेदन दिन सक्नेछन्।  

संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। संस्थाले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत सेयर कर्मचारीका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ८० हजार ७०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। 

यो कम्पनीको आईपीओमा हिजो आइतबार साँझ ५ बजेसम्म ४ लाख ८२ हजार ९४१ आवेदनबाट १ करोड २ लाख ५७ हजार २९० कित्ता खरिदका लागि आवेदन परिसकेको छ। जुन मागभन्दा १२७.१० गुणा बढी आवेदन हो।