काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामीमा राखेको पौने १४ लाख बढी कित्ता सेयर आज (असार १० गते) अन्तिम दिन रहेको छ। 

गत असार ३ गतेबाट कम्पनीले संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्या वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

धितोपत्र बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटलको कार्यालय, बैंक अफ काठमाण्डूका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा, हेटौँडास्थित समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, शाखाहरु पुतलीसडक, बुटवल, पोखरा र नारायणगढ तथा कञ्चनपुरको महेन्द्रनगरस्थित ज्योति विकास बैंकको शाखामा बोलपत्र पेस गर्न सक्नेछन्।