काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११.३५ लाख बढी कित्ता संस्थापक असार २९ गतेबाट लिलामीमा राख्ने भएको छ। 

यसअघि गत असार ३ गतेदेखि असार १० गतेसम्म कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रदमध्ये आवेदन नपरेको संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर पुनः लिलामीमा राख्न लागिएको हो। यो लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केट लिमिटेड वा बैंक अफ काठमाण्डूका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको हेटौँडास्थित केन्द्रीय कार्यालय वा शाखाहरु पुतलीसडक, पोखरा र नारायणगढमा दिन सकिनेछ।

यो लिलामी सेयरमा साउन ५ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।