काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज बिहीबार अन्तिम अवसर रहेको छ।

कम्पनीले निष्कासन गर्न लागेको २०० प्रतिशत हकप्रद सेयरका लागि भोलि शुक्रबार (भदौ १२ गते) एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमा यो कम्पनीको हकप्रद खरिदका लागि योग्य हुनेछन्।

समृद्धि फाइनान्सले चुक्तापुँजी १८ करोड १९ लाख रुपैयाँको १ः२ प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्नेछ। कम्पनीले रु. १०० अंकित दरका २६लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५४ करोड ५९ लाख रुपैयाँ बढी हुनेछ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।