काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आउँदो असार १ गतेबाट झन्डै साढे ९ लाख कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। 

कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री भएका कुल ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो। जसमा संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता रहेका छन्। 

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

यो लिलामी सेयरमा विद्यमान संस्थापक र सर्वसाधारण समूह, अन्य व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयरका लागि भने कुनै हद लाग्ने छैन। 

बोलपत्र काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केट, समृद्धि फइनान्सको केन्द्री कार्यालय हेटौँडा, शाखा कार्यालयहरु काठमाण्डौ, नारायणगढ, पोखरा र बुटवल तथा बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा पेस गर्न सकिनेछ।

बोलपत्र असार ९ गते बैंकिङ समयसम्म बुझाउन सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ।