काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले साढे १८ लाख कित्ता बढी अवितरित हकप्रद सेयर भोलि बुधबारदेखि लिलामीमा राख्ने भएको छ।
कम्पनीले गत असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सेयरधनीहरुका लागि हकप्रद जारी गरेको छ। त्यस क्रममा खरिद आवेदन नपरेका कुल १८ लाख ५१ हजार ३५७ कित्ता सेयर कम्पनीले लिलामीमा राख्ने भएको हो। लिलामीमा राख्न लागिएको सेयरमा संस्थापक समूहको १३ लाख ८५ हजार २३८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता रहेका छन्।
लिलाीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।
लिलामी राखिएको सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको काठमाण्डौको कमलादीस्थित कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र मंसिर १७ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19