काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामीमा राखेको साढे १८ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज बुधबार अन्तिम दिन रहेको छ।
कम्पनीले गत मंसिर १० गतेबाट लिलामीमा राखेको सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।
कम्पनीले गत असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सेयरधनीहरुका लागि हकप्रद जारी गरेको थियो। त्यस क्रममा खरिद आवेदन नपरेका कुल १८ लाख ५१ हजार ३५७ कित्ता सेयर कम्पनीले लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरमा संस्थापक समूहको १३ लाख ८५ हजार २३८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता रहेका छन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।
लिलामी राखिएको सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले बीओके क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19