काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाखसम्म सरकारको कुल राजस्व परिचालन गत वर्षको यही अवधिको तुलनामा २५.४ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको वैशाख महिनाको अर्थ बलेटिनअनुसार सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। जसमा वैशाखसम्म ८ खर्ब ४ अर्ब ६१ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। यो हिसाबले राजस्व असुली लक्ष्यको ९४.६ प्रतिशत हो।
चालु आर्थिक वषैका वैशाखसम्म संकलित कुल राजस्वमा कर राजस्व ७ खर्ब ९ अर्ब ६२ करोड रुपैयाँ र गैरकर राजस्व ५१ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। यो अवधिमा अन्य प्राप्तिसहित कुल राजस्व र प्राप्ति ७ खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।
गत वर्षको सोही अवधिको तुलनामा कर राजस्वमा २८.६ प्रतिशतले वृद्धि भएको छ भने गैरकर राजस्वमा ६.५ प्रतिशतले संकुचन आएको छ।
वैशाखसम्म संघीय सरकारको कुल खर्च गत वर्षको यही अवधिको तुलनामा ८.५ प्रतिशतले बढेर ८ खर्ब २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
कुल खर्चमध्ये चालु खर्च ६ खर्ब ३० खर्ब २० करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब २५ अर्ब ८८ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६८ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। यो अवधिसम्म कुल संघीय खर्चमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनको अनुपात क्रमशः ७६.४ प्रतिशत, १५.३ प्रतिशत र ८.३ प्रतिशत रहेको छ।
यस अवधिसम्म गत वर्षको सोही अवधिको तुलनामा चालु र पुँजीगत खर्च क्रमशः १०.२ र १०.३ प्रतिशतले बढेको छ भने वित्तीय व्यवस्थातर्फको खर्च ७.४ प्रतिशतले घटेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19