काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने भएको छ।
पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकले सरकारलाई दिएको समर्थनका विषयमा कुनै पनि निर्णय नलिएको हो। योसँगै सरकारका विषयमा रास्वपाको पहिलाको निर्णय कायमै रहने भएको छ।
रास्वपा गत माघ २२ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो। उसले सरकार दिएको समर्थन कायम राखेको थियो।
रास्वपाको बैठकमा चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बताइएको छ।
नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए।
प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन्। उनीहरुले सरकार दिएको समर्थन पनि फिर्ता लिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago