काठमाण्डौ । नेपाल सरकारले स्वास्थ्य संकट लगाउने तयारी गरिरहेको विभागीय मन्त्रीले संकेत गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा त्यस्तो संकेत गरेका हुन् ।
कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरु, नियन्त्रणका लागि दातृ निकाय तथा देशबाट प्राप्त सहयोग लगायतका विवरण सार्वजनिक गरेका उनले विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएका बताए ।
उहाँहरुले संकटकाल लगाउन दिएको सुझावलाई सरकारले सकारात्मक रुपमा लिएको छ। संकटकाल लाग्नसक्नेतर्फ संकेत गर्दै उनले थपे ।
सो क्रममा उनले कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेका खर्चहरुको विषयमा बेला बेला श्वेतपत्र जारी गर्दै सर्वसाधारणलाई जानकारी गराउने प्रतिबद्धता समेत जनाए ।
सरकारले हालै ल्याएको कोभिड अध्यादेशमा स्वास्थ्य संकटकाल लगाउन सकिने व्यवस्था गरिएको छ ।
स्वास्थ्य संकटकाल घोषणा गरिएको खण्डमा देशभरका स्वास्थ्य संस्थाहरु सरकारको नियन्त्रणमा जानेछ र सरकारले ती संस्थाहरुलाई आफ्नो अनुकूल परिचालन वा संचालन गर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19