काठमाण्डौ । सरकारले ७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज माघ ६ गतेदेखि लागू हुने गरी विभिन्न ७ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीहरुलाई कालो सूचीमा राखेको हो।
कालो सूचीमा पर्ने कम्पनीहरुमा गजराज बालन योगीको बालन बद्रर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, विज्ञानकुमार अर्यालको डाइग्नेकेम–जय शम्भु जेभी र निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि रहेका छन्।
त्यस्तै चेतबहादुर बुढाको एसएनसी निर्माण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निर्माण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्स्ट्रक्सन प्रालिलाई कार्यालयले कालो सूचीमा राखेको छ।
यीमध्ये आरोग्य कन्स्ट्रक्सनलाई ३ वर्ष, डाइग्नोकेमलाई २ वर्ष र अन्य कम्पनीहरुलाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ। कालो सूचीमा राखिएका कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago