काठमण्डौ । सरकारले दूधको मूल्य बढाएको छ। 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको हो । यसअघि दूधको समर्थन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। यो हिसाबले प्रतिलिटर ६.५२ रुपैयाँ बढेको छ। 

यो किसानबाट खरिद गरिने दूधको मूल्यमा वृद्धि गरिएको हो। उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दुग्ध विकास संस्थाले निर्धारण गर्नेछ।