काठमाण्डौ । बुधबार बजारमा सामान्य बढोत्तरी भएको छ । नेप्से परिसूचक २.४ अंकले बढी ११९३.८७ को विन्दूमा फर्किएको हो । नेप्सेमा झिनो प्रगतिसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ ।
नेप्से परिसूचक र कारोबार रकम समानान्तर ढंगले माथि जानु बजारका भविष्यका लागि राम्रो संकेत हो । तर, एकदिनकै मात्र यस्तो प्रवृतिलाई आधार मानी विश्लेषण गर्नु हतारो हुनेछ।
यो दिन २२ करोड भन्दा केही बढीको सेयर किनबेच भएको छ । कारोबार रकम २० २२ करोडकै हाराहारीमा घुमेको हप्तौ भएपनि बजारले गति लिन सकेको छैन । यसमा मुख्य गरी ठूला लगानीकर्ताले पहिलाजसरी बजारमा ठूलो लगानी नगर्दा समेत समस्या भइरहेको ब्रोकरहरु बताउँछन् ।
उनीहरुका अनुसार सेयर बजारमा निकै ठूलो लगानी गर्ने मारवाडी समुदाय केपी ओली सरकारले सेयर बजारको बिषयमा लिएको नीतिप्रति विश्वस्त हुन सकेको छैन । यसले समेत त्यो समुदायलाई सेयर कारोबारमा उत्साहित बनाउन नसकेको जानकारहरु बताउँछन्। नेपालको सेयर बजारमा मारवाडी समुदायको निकै ठूलो लगानी रहेको र प्रतिकूल वातावरणका कारण कतिपय सेयर बेचेर अन्यत्रैको लगानीमा केन्द्रीत हुन थालेका समेत जानकार ब्रोकरहरु दाबी गर्छन् । विगतमा यो समुदायले निकै ठूलो लगानी गरेकै कारण बजार चम्किन्थ्यो ।
ठूला लगानीकर्ता कारोबारमा पूर्ण सक्रिय नहुँदा र कतिपय लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा बस्दा समेत बजारमा धेरै कारोबार हुन नसकेको विश्लेषक बताउँछन् । उनीहरुका अनुसार अपेक्षित ढंगले ब्याजदर नघट्दा र कर सम्बन्धी कतिपय अन्यौल समेत कायमै रहँदा समेत बजारमा चमक आउन नसकेको हो ।
बुधबार बजारमा ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा केही बढोत्तरी भएका कारण सेन्सेटिभ इण्डेक्स ०.४८ अंकले बढेको छ । समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.२३ अंकले बढेको छ ।
यो दिन जलविद्युत समूहको उपसूचक ०.५६ अंकले घटेको छ भने बित्त समूह ३.७ अंक तथा अन्य समूह ४.७२ अंकले घटेको छ ।
बजारका अन्य समूह पनि बढेका छन् । बैंकिंग समूह २.८१ अंकले बढेको छ भने होटल समूह ११.२५ अंक, विकास बैंक समूह ३.४७ अंक, निर्जीवन
बिमा समूह ३२.४१ अंक, उत्पादनमूलक १.८६ अंक, माइक्रोफाइनान्स समूह ७.३८ अंक तथा जीवनबिमा समूह २८.८४ अंकले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५४ कम्पनीका ७ लाख ६६ हजार ७ सय ८९ कित्ता सेयर २२ करोड २१ हजार ४ सय २३ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन नेको इन्स्योरेन्सको ४ करोड ४८ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, एनएमबी बैंकले २ करोड ८८ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ६४ लाख ९४ हजार, लुम्बिनी विकास बैंकले ५८ लाख ९१ हजार, नवील बैंकले ५४ लाख, स्ट्याण्डर्ड चार्टर्डले ४९ लाख बढीको कारोबार गरे । नवील बैंकको ४७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एभरेष्ट बैंकले ३८ लाख र इन्भेष्टमेन्ट बैंकले ३२ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा सेन्टल फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले बढ्यो । यस्तै, लुम्बिनी विकास बैंकका लगानीकर्ताले समेत ५ प्रतिशतको हाराहारीमा कमाए ।
मंगलबार झै यो दिन पनि सबैभन्दा बढी गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ता नै देखिए । यो कम्पनीको मूल्य ९.४८ प्रतिशतले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago