– अर्जुन तिमिल्सिना
काठमाण्डौ । आज क्रिसमसका कारण देशभर सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदासँगै सेयर बजार नखुलेपछि लगानीकर्ताहरु सामाजिक सञ्जालमा सक्रिय भएका देखिन्छन्।
लगानीकर्ताहरुले क्लबहाउसदेखि फेसबुकसम्ममा आफ्ना विचार खुलेर राखिरहेका छन्। क्लबहाउसमा बोल्दै लगानीकर्ताहरुले रियल सेक्टर पनि दोस्रो बजारमा कारोबारमा आउनुपर्ने तर्क राखेका छन्।
क्लबहाउसमा एक लगानीकर्ताले भने, ‘हाम्रो देश व्यापारीले चलाएको देश हो। एनसेल, वर्ल्डलिंक तथा सिप्रदीजस्ता कम्पनीका सेयर बजारमा आउनुपर्छ। टुरिजम क्षेत्रमा पनि राम्रो सम्भावाना छ।’
नयाँ सरकार गठनको विषयमा बोल्दै एक लगानीकर्ता भने, ‘आज ३ जना नेताबीच छलफल चलिरहेको छ रे। कसको सरकार बन्ला है साथीहरु ?’
ती लगानीकर्तालाई जबाफ दिँदै अर्का लगानीकर्ताले भने, ‘सरकार जसको बने पनि बजारलाई केही फरक पर्दैन। तर कुरा मिलेन रे। प्रचण्ड फेरि बालकोटतर्फ हानिए भन्ने सुनिन्छ।’
क्लबहाउसमै एक लगानीकर्ताले राजनीतिलाई जोड्दै भने, ‘हामीले सेयर बजारमा पैसा लगाएर फस्यौँ, जनाताले तिनै पुराना नेतालाई भोट हालेर फसे।’
अर्का एक लगानीकर्ताले भने, ‘देउवा ७ पल्ट प्रधानमन्त्री हुने भए, त्यो ज्योतिषी खोज्नुपर्ने भयो।ं देउवा भाग्यमानी नै हो।’
उनीसँगै बोल्दै एक लगानीकर्ताले प्रचण्ड प्रधानमन्त्री हुने तर्क गरे।
क्लबहाउसमै अर्का एक लगानीकर्ताले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुने विषयमा अहिले नै विश्वास गर्न सकिँदैन।’
क्लबहाउसमा एक लगानीकर्ताले भने, ‘अहिले बजार घटेर नेपाल लाइफ ५०० हाराहारीमा आएको छ। यो बेला स्मार्ट लगानीकर्ताले खरिद नै गर्ने समय हो।’
उनीसँगै बोल्दै अर्काए एक लगानीकर्ताले एनआईसी एसिया बैंकले पनि लाभांश नदिए पनि अन्डर भ्यालुमै रहेको बताए। उनले भने, ‘भर्खर ४० प्रतिशत लाभांश घोषणा गरेको नेपाल टेलिकम पनि अहिलेको अवस्थामा खरिदका लागि अवसर हो।’
फेसबुकमा एक लगानीकर्ता कृष्ण आचार्य लेख्छन्, ‘अब एमाले–कांग्रेसको सरकार बन्ने सम्भावना बढेको छ।’
फेसबुकमै स्ट्याटस लेख्दै नवराज दाहालले आफ्नो विचार राखेका छन्, ‘शेरबहादुर देउवालाई सत्ता दिएर कांग्रेसको बेइज्जत हुनुभन्दा अरुले नै सरकार चलाए राम्रो हुन्छ।’
दाहालको स्ट्याटसमा राजन लम्साल सही रहेको प्रतिक्रिया दिएका छन्।
क्लब हाउसमा बोल्दै राजुप्रसाद पौडेल भन्छन्, ‘हामीले बोलेको त कसले सुन्छ र ? हाम्रो चाहना स्थायी सरकार बनाऊ, हामीलाई गरिखान देऊ भन्ने हो।ं तर, नेताहरुले के सुन्लान् र खोइ ?’
अर्का एक लगानीकर्ताले समाजिक सञ्जालमा लेखेका छन्, ‘यदि फेरि देश मध्यावधिमा गए पुराना दलको घन्टी राम्रै बच्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19