nepse
काठमाण्डौ । दोश्रो सर्किट ब्रेकर लगाएर ३० मिनेटपछि खुलेको कारोबारमा सुधार भएको छ ।
दोश्रो सर्किट ब्रेकरपछि बजार खुलेको केही मिनेटसम्म अझ घटेको बजार त्यसपछि भने सम्हालिएर सुधारको लयमा फर्किन थालेको हो ।
१४ सयको हाराहारीमा झरिसकेको नेप्से परिसूचक यो समाचार तयार पार्दासम्म १४१८ विन्दूमा पुुगिसकेको छ ।
होटल समूहको कारोबारमा सुधार भएको छ भने वाणिज्य बैंक समूहले पनि आफूलाई सुधारेको छ । तर बिमा समूहको परिसूचकमा झनै ठूलो पहिरो गएको छ । सो समूहको परिसूचक यो समाचार तयार पार्दासम्म ६.४४ प्रतिशतले घटिसकेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago