काठमाण्डौ । मंगलबार बजारमा दोहोरो अंकको करेक्सन भएको छ ।
सर्टटर्म कारोबारीहरुले प्रफिट बुक गर्ने हतारो गर्दा बजारमा १०.५८ अंकको करेक्सन भई नेप्से परिसूचक ११८१.१० को विन्दूमा समेटिन पुगेको हो।
यो दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घट्यो भने सबै उपसमूहको सूचकमा रातो पोतियो ।
सर्टटर्म कारोबारीहरुले केही दिनदेखि बढेको बजारमा प्रफिट बुक गरी सेयर बिक्रीको चाप बढाउँदा त्यसले समग्र बजारमा प्रभाव पारेको हो।
यो दिन राम्रा कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.१५ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.८ अंकको गिरावट आएको छ ।
केही दिनदेखि बढिरहेको बैंकिङ समूह ९.३६ अंकले घटेको छ भने जीवन बिमा समूह, निर्जीवन बिमा समूह, माइक्रोफाइनान्स समूहमा क्रमशः ८३.०२, ८६.५७ र १५.११ अंकको गिरावट आएको छ ।
होटल समूह ०.९१ अंकले घटेको यो दिन विकास बैंक समूहमा ३.३५ अंक, जलविद्युत समूहमा ६.८९ अंक, बित्त समूहमा ०.५८ अंक, उत्पादनमूलकमा ३६.३२ अंक र अन्य समूहमा ३.४८ अंकको गिरावट भयो।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७० कम्पनीका २७ लाख ८८ हजार ८८६ कित्ता ७३ करोड ५१ लाख ५९ हजार ९९२ रुपैयाँमा कारोबार भयो ।
नेको इन्स्योरेन्सले सबैभन्दा बढी ६ करोड ४१ लाख बढीको कारोबार गर्यो।
कुमारी बैंकको ५ करोड ७७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनआइसी एशियाले ५ करोड ३८ लाख बढीको कारोबार गर्यो । गरिमा विकास बैंकको ३ करोड ८४ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन नेपाल बैंकले ३ करोड ७८ लाख, एनएमबी बैंकले ३ करोड ३८ लाख, एनसीसी बैंकले २ करोड ६१ लाख, कुमारी बैंकले २ करोड ४७ लाख, प्रभू बैंकले १ करोड ९१ लाख र माछापुच्छ्रे बैंकले १ करोड ७५ लाख बढीको सेयर कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ९.५२ प्रतिशतले बढ्यो ।
जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । दुवै कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढीले घट्न पुग्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19