काठमाण्डौ । सर्वत्र आलोचनाका बाबजुद अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई खुशी बनाउने काम गरेका छन् । 

उनले सर्वत्र आलोचनालाई पन्छाउाँदै निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाएर ६ करोड पुर्याएका हुन् । यसअघि यो कार्यक्रममार्फत सांसदहरुले ४ करोड मात्र पाउँदै आएका थिए । 

आलोचनाबाट बच्न अर्थमन्त्रीले यो बजेटको खर्च गर्ने तरिकामा परिवर्तन गर्ने भने पनि यसको विषयमा विस्तृत केही पनि बजेटमा उल्लेख छैन । 

सांसदलाई ६ करोडको दरले दिनैका लागि ९ अर्ब ९० करोड बजेट विनियोजन गरिएको छ ।