काठमाण्डौ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश संलग्न संवैधानिक परिषदलगायत निकायलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा चार जना आयुक्त नियुक्तिको विषयमा सिफारिससहितको कारण पेश गर्न आदेश दिएको छ ।

चार आयुक्तको योग्यताको विषयलाई लिएर उठेको एक विवादमा सुनुवाइ पछि प्रधानन्याधीश सुशीला कार्कीको एक इजलासले १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

राष्ट्रपति कार्यालय, परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अख्तियारमा नियुक्त आयुक्तसँग कारणसहितको जवाफ मागिएको छ ।