काठमाण्डौ। सर्वोत्तम सिमेन्ट लिमिटेडले नारायणघाट तथा हेटौँडा क्षेत्रहरुमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी “बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको” भन्ने नाराका साथ भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कम्पनीका प्रोजेक्ट सेल्स प्रमुख ई. अभिषेक झाद्वारा घर बनाउँदा सिमेन्ट र डन्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्नेबारेमा जानकारी तथा तालिम प्रदान गराइएको थियो। भेलामा नारायणघाट क्षेत्रका करिब १५० ठेकेदारहरु तथा हेटौँडा क्षेत्रका करिब ६० जति ठेकेदारहरुको उपस्थिति थियो।
कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो। आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ। उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० वर्गसेन्टिमिटरसम्म रहेको छ। यतिमात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एकरुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलोपटक एक्स–रे डिफ्राक्सन मेसिनको प्रयोग गर्दै आएको छ।
यसैगरी कम्पनीका महाप्रबन्धक सुवास पाण्डेका अनुसार आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टले अब आप्mनो उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिनबाट बढाइ ६० हजार बोरा बनाएको छ। साथै, देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूलठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरुलगायत विशाल पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago