काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वतर्फको प्रतिबद्धता पूरा गर्दै सुनवल नगरपालिकास्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ।
आइतबार आयोजित एक कार्यक्रममा कम्पनीका तर्फबाट नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर क्षेत्री तथा उपप्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तानतरण गरेका हुन्। कम्पनीले १० सेट बेड, ईसीजी मेसिन तथा १० थान अक्सिजन फ्लोमिटरलगायत आईसीयू कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु प्रदान गरेको हो।
अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरुले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ।
कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो। आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणितसमेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ। उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० वर्गसे.मि.सम्म रहेको छ। यतिमात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेसिनको प्रयोग गर्दै आएको छ।
यसैगरी उपभोक्ताको विश्वास जित्न सफल सर्वाेत्तम सिमेन्टले अब आफ्नो उद्योेगको उत्पादन क्षमता २५ हजार बोरा प्रतिदिनबाट बढाई ६० हजार बोरा बनाएको छ। यसका साथै, देशका महत्वपूर्ण आधार स्तम्भहरु अनि ठूलठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरुलगायत विशाल पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago