काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्दै सर्वोत्तम सिमेन्ट लिमिटेडको आज विशेष साधारणसभा सम्पन्न भएको छ।
काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा आयोजित विशेष साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो। सभाले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजी अनुपात ८७.१०ः१२.९० हुने गरी मिलान गर्ने प्रस्ताव पारित गरेको छ। यसरी सेयर संरचना परिवर्तनपश्चात कम्पनीले ६० लाख कित्ता सेयरको बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको हाय कायम चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँको कुल २०.१२४ प्रतिशतले हुन आउने लाभांश पनि अनुमोदन गरेको छ। जसमा १९.११८ प्रतिशत बोन सेयर र १.००६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19