काठमाण्डौ । तरलता समस्या समाधानका लागि भएका सबैतर्फका प्रयासपछि बजार बुम भएको छ । आइतबारसम्म दैनिकजसो दोहोरो अंकले घटेर १३०० को स्तरमा झरेको बजारमा सोमबार एकाएक उच्च अंकको बढोत्तरी भएको हो । घटेर निकै तल पुुगिसकेको बजारमा राम्रा कम्पनीका सेयर समेत सस्तोमै पाउन थालिएपछि बजारमा सेयर बिक्री गर्नेहरुको संख्या नगण्य देखिएको छ भने मौकामा चौका हान्दै सस्तोमा सेयर उठाउनेहरुको लहर चलेको छ । तरलताबाट उत्पन्न्न ब्याजदर तत्काल नबढ्ने अवस्था, तरलता समाधानका लागि नियामकले थालेको परिणामुखी प्रयास, लगानीकर्ताहरुले बजार बढाउने सवालमा थालेको संवाद र प्रयासका कारण बजारमा ४४.२२ अंकले उछाल आयो । घटेर १४०० मुनि झरिसकेको नेप्से परिसूचक सोमबार भनेर बढेर १४३४.८० को विन्दूमा फर्किएको छ ।
सोमबारको कारोबार र टेण्ड हेर्दा नेपालको पूँजीबजार समेत अन्तराष्टिय स्तरका अन्य बजारकै लयमा कुद्न थालेको देखिएको छ । अधिकांश देशमा जब सेयर परिसूचक घट्छ तब खरीदको चाप देखिन्छ । नेपालमा भने हालसम्म बजार घट्दा बिक्री गर्नेको संख्या धेरै हुुने गरेको छ भने बढ्दा किन्नेको संख्या । बजार घट्दा सस्तो दरमा राम्रो कम्पनीको सेयर किन्ने अवसर नगुमाउने र बढ्दा निश्चित प्रतिशत नाफा लिएर बिक्री गर्न खप्पीस लगानीकर्ता नै स्मार्ट मानिन्छन् । तर, सोमबारकै कारोबारले मात्रै लगानीकर्ता सुध्रिएर अन्तराष्ट्रिय अभ्यास अनुसार चल्न थाले भनियो भने त्यो मूर्खता मात्र हुनेछ ।
यो दिन अन्य समूह बाहेकका समूहमा उच्च अंकको वृद्धि भयो । बैकिंग समूह ४२.५२ अंकले बढ्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः २७०.८, ४५ र ६९.४७ अंकको उछाल आयो । यस्तै, होटल समूह १११.५७, व्यापारिक समूह २.८७, जलविद्युत समूह ५९.८, बित्त समूह १३.२६, उत्पादनमूलक २५.३२ अंकले बढे ।
‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ९.२ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ३.३२ अंकको उछाल आयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका ११ लाख ३२ हजार ५८ कित्ता सेयर ४९ करोड ४३ लाख १७ हजार २ सय ११ रुपैयाँमा किनबेच भयो । कारोबार रकम घटेर ५० करोड मुनि आए पनि नेप्से परिसूचकमा भने उच्च अंकको उछाल आउनुुले समेत बजारमा कुन तहमा खरीदको चाप रहेछ भन्ने बुुझ्न गाह्रो छैन ।
यो दिन सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ८८ लाख बढीको कारोबार गर्यो । प्रभूू बैंकको २ करोड ६७ लाखको सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८६ लाखको कारोबार गर्यो । राष्टिय बिमा कम्पनी लिमीटेडको १ करोड ६७ लाख बढीको संस्थापक सेयरको कारोबार भएको बजारमा चिलिमे हाइड्रो र नवील बैंकले १ करोड ५८ लाख बढीको कारोबार गरे । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४७ लाख, एभरेष्ट बैंकले १ करोड ४६ लाख, नेपाल बैंकले १ करोड २९ लाख र बुटवल पावर कम्पनीले १ करोड १२ लाख बढीको सेयर कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन राष्ट्रिय बिमा कम्पनी लिमीटेडका साधारण र संस्थापक सेयरधनीले नै कुस्त कमाए । यो कम्पनीको साधारण सेयरको मूल्य ८.५४ प्रतिशत र संस्थापक सेयरको मूल्य ८.५० प्रतिशतले वृद्धि भयो । यस्तै, वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्सको मूल्य ८.३३ प्रतिशत, मिथिला लघुवित्त विकास बैंकको मूल्य ७.९८, हिमालय बैंकको मूल्य ७.८० प्रतिशतले वृद्धि भयो ।
यो दिन सबैभन्दा बढी पूर्णिमा विकास बैंकको मूल्य घट्यो । यो कम्पनीको मूल्यमा ३.०८ प्रतिशतको गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago