काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् ।
शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीहरुले भोटका लागि गैरजिम्मेवार रुपमा चर्को र जथाभावी बोल्न नहुने कुरा बताए ।
'हामीले हुललाई खुशी पार्नको लागि व्यवहारिक रुपमा सम्भव नहुने त्यस्ता केही लोकप्रिय कुरा गर्न सकिन्छ', उनले भने ।
उनले व्यवसायी साथीहरुले चुनावी फण्डा बनाउँने विषयले समाज र अर्थतन्त्रमा पार्ने जोखिमका बारेमा पनि विचार गर्न आग्रह गरे ।
'तपाई हामीले चुनावमा भोटका लागि यस्ता मिठा-मिठा कुरा त गरौँला । तर भोलि यसलाई कसरी निकर्षमा पुर्याउने भन्ने बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ', उनले भने ।
कोभिड र रशिया–युक्रेन युद्धलगायत समस्याहरुले गर्दा नेपालको अर्थतन्त्रमा मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै उहाँले अब विस्तारै धेरै कुरा सकारात्मक हुँदै गएको उल्लेख गरे ।
'अर्थतन्त्र अफ्यारोमा थियो तर अहिले सुधारोन्मुख छ' उनले भने,-'विस्तारै धेरै कुरामा सुधार देखिन सुरुभएको छ । हामी व्यवसायीको जस्तो सुकै अफ्ठ्यारो परिस्थितिमा पनि किन्चित नहडबडाइ निरन्तर सेवा प्रदान गर्ने गरेको इतिहास छ । हामी धेरै निरास हुनुहुँदैन । नैरश्यताले हामी आफैलाई नै समस्यामा पार्छ ।'
आफू एउटा बैंकको सञ्चालक भएको नाताले धेरै ठाउँमा पटक पटक बैंकको व्याजदरको विषय उठाउने गरेको बताउँदै उनले धेरै व्यवसायी साथीहरुलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको व्याजदर परिवर्तन हुने भ्रम रहेको बताए ।
'धेरै व्यवसायी साथीहरुलाई के भ्रम रहेको छ भने म वा कुनै एउटा बैंकको सञ्चालकले घटाइदिने हो भने व्याजदर घट्न सक्छ । यसले त्यसो नगरेर यसले बैंकको मात्र पक्षपोषण गरेको छ । तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन । म आफैलाई पनि बैंकको व्याजदर घट्दा हुने फाइदा मैले बैंकबाट पाउने लाभांशभन्दा धेरै गुणा बढी हुन्छ', उनले भने ।
वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगरका व्यवसायीहरुको हक, हित र संरक्षणकालागि आफूहरु लागिरहेको र निरन्तर लागि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
'हामीले हाम्रो निरन्तर प्रयासका बाबजुत धेरै नीतिगत कुराहरुमा सुधार ल्याएका छौ । प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थमन्त्री र गभर्नरज्यूहरुसँगको निरन्तर पैरवी पछि हाम्रा केही मागहरु सम्बोधन भएका छन् । यसकालागि हामी फेरि पनि निरन्तर लाग्ने नै छौँ', उनले भने ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19