काठमाण्डौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोभिड सक्रिय संक्रमितको संख्या सहरमा ५०० र पहाडमा २०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ।

सीसीएमसीको आइतबार बसेको बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको स्रोत बताउँछ। 

बैठकका लकडाउन गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा मत बाझिएको थियो। केहीले लकडाउन नगरे पनि सक्रिय संक्रमित संख्याका आधारमा प्रतिबन्धात्मक व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए। धेरैले भने लकडाउन गर्न नहुने मत राखेका थिए।