– रेखा चन्द

काठमाण्डौ । नेपालीको महान् चाड दसैँको चहलपहल सुरु भइसकेको छ। यतिबेला सर्वसाधारण दसैँका लागि किनमेल गर्न निकै व्यस्त देखिन्छन्। 

दसैँ सुरु हुन अब जम्माजम्मी ५ दिन बाँकी छ। त्यसैलै अहिले मानिसहरु दसैँका लागि खाद्यान्न, लत्ताकपडा तथा आवश्यक वस्तुको जोहो गरिरहेका छन्। योसँगै यतिबेला आर्थिक कारोबार पनि बढेको छ। मानिसहरुले अन्य समयको तुलनामा बढी खर्च गर्ने हुनाले यतिबेला आर्थिक गतिविधिमा निकै बढ्ने गर्दछ। 

दसैँलाई लक्षित गरी सरकारले गत असोज १ गतेदेखि सहुलियतपूूर्ण पसलहरु पनि सञ्चालनमा ल्याइसकेको छ। ती पसलहरुमा खाद्यान्नका सामान खरिद गर्ने सर्वसाधारणको भीड दिनप्रतिदिन बढिरहेको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथलीमा सञ्चालन गरेको सहुुलियत पसलमा बुुधबार दिउँसो सर्वसाधारणको निकै भीड लागेको थियो। त्यहाँका कर्मचारीलाई भ्याइनभ्याइ थियो। सामग्री खरिदका लागि उपस्थित भएकोमध्ये कसैले नगद तिरिरहेको थिए भने कसैले डिजिटल भुुक्तानी गरिहेका थिए। 

खुु्ला बजारको तुलनामा सरकारले विभिन्न साम्रगीमा विशेष सहुुलियत दिने भएपछि सर्वसाधारणको सहुुलियत पसलमा आकर्षण भएको हो। अर्थात सहुुलियत दरमा सबै सामग्री एकैठाउँमा पाइनेपछि पनि उपभोक्ता बढी आउन गर्दछन्। 

पछिल्लो समय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ग्राहकलाई मध्यनजर गरी अनलाइन डेलिभरीलाई प्राथमिकता दिएको छ। त्यससँगै डिजिटल माध्यमबाट भुुक्तानी गर्नेहरुको संख्यामा बढोत्तरी भएको कम्पनीले जनाएको छ। ‘अहिले हामीले उपत्यकासहित पोखरा र कर्णालीमा अनलाईन डेलीभरीलाई प्राथमिकता दिएका छौँ’, कम्पनीकी सूूचना अधिकारी शर्मिला न्यौपानेले भनिन्, ‘त्यसैले डिजिल भुुक्तानी गर्ने ग्राहकको संख्या पनि पहिलेको तुुलनामा बढेको छ, पसलसम्मै आउनेहरुमध्ये पनि कतिपयले डिजिटल्ली भुुक्तानी गर्ने क्रम बढेको छ।’

यसो त नेपाल राष्ट्र बैंकले डिजिटल भुुक्तानीलाई प्राथमिकता दिएको छ। सामान्य चिया पसल, तरकारी पसल, फेन्सी पसल, होटेलदेखि ठूलठूला व्यापारिक तथा कर्पोरेट हाउसमा सहजै क्यूआरमार्फत भुुक्तानी गर्न सकिने व्यवस्था छ। पछिल्लो ३ आर्थिक वर्षमा डिजिटल भुुक्तानी झन्डै तेब्बरले बढेको र बढ्ने क्रम जारी रहेको राष्ट्र बैंकले जनाइसकेको छ। 

केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँ डिजिटल भुुक्तानी भएको छ। जुुन आर्थिक वर्ष २०७६–७७ मा २७ खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ र आर्थिक वर्ष २०७७–७८ को असार मसान्तसम्ममा ५२ खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ डिजिटल कारोबार भएको थियो।

पेमेन्ट गर्न सहज र नगद बोक्नुुपर्ने नपर्ने भएपछि डिजिटल भुुक्तानी फस्टाएको पाइन्छ। मानिसहरु सानो–सानो रकम पनि डिजिटलमार्फत भुुक्तानी गर्न थालेका हुन्। 

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सहुलियत पसलमा नगदभन्दा पनि डिजिटल भुुक्तानी गर्नेको संख्या बढेको कम्पनीकी सूूचना अधिकारी न्यौपाने बताउँछिन्। ‘कम्पनीले ४१ जिल्लालाई कभर गर्नेगरी ४५ स्थानबाट एकसाथ सहुुलियत पसल सञ्चालनमा ल्याएको छ’, न्यौपाने भन्छिन्, ‘हामीले कात्तिक १५ गतेसम्म सस्तो पसल सञ्चालन गर्ने योजनामा छौँ तर बजेट उपलब्ध भएको खण्डमा भने अरु चाडपर्वलाई पनि समेट्ने प्रयास गछौँ।’

त्यसैगरी यो वर्ष कम्पनीले ४१ जिल्लालाई कभर गरेको छ। ‘कुल ४५ स्थानबाट सेवा दिइरहेका छौँ’, न्यौपानेले भनिन्।  

कम्पनीले यस वर्ष छुुटको व्यवस्थालाई भने बढाएको छ। गत वर्ष चामल, दाल, तेलमा प्रतिकेजी ५ रुपैयाँ छुुट रहेकोमा यसवर्ष ७ रुपैयाँ छुुट रहेको छ। 

यस्तै खसीबोका तथा कर्णालीको सिमीमा प्रतिकेजी १० रुपैयाँ छुुट रहेको छ। कम्पनीले घ्यूमा भने प्रतिकेजी ६० रुपैयाँ छुुट दिएर बिक्री गरिरहेको छ।  

सूूचना अधिकारी न्यौपानेका अनुुसार निजी क्षेत्रले अस्वाभाविक मूल्य वृृद्धि नगरुन् भनेर सहुुलियत पसलमार्फत आफ्नो उपस्थिति देखाउने कम्पनीको उद्देश्य रहेको हो। ‘जहाँ ग्राहो छ र अभाव छ। जुुन ठाउँमा मूल्य वृद्धि हुने सम्भावना छ, त्यहाँ उपस्थित जनाउने र मार्केट रेगुुलेट गर्न सहयोग गर्ने हाम्रो लक्ष्य हो’, उनले भनिन्। 

यस्तै कम्पनीले हाल बिक्री समय पनि बढाएको छ। अन्य बेला १० बजेदेखि ५ बजेसम्मको बिक्री समय रहेकोमा हाल बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कम्पनीले सेवा प्रवाह गरिरहेको छ। त्यसकारण कार्यालय समय सकिएपछि साम्रगी किन्न आउनेहरुको संख्या पनि बढेको न्यौपानेको भनाइ छ। 

न्यौपानेका अनुुुसार घटस्थापनाको आसपासमा बिक्रीवितरण गर्ने गरी कम्पनी विभिन्न ठाउँबाट खसीबोका ल्याउने तयारी गरेको छ।