काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। 

गत आइतबार कारोबार समयमा मूल्यमा प्रभाव पार्ने खालको सूचना सम्प्रेषण गरेको भन्दै नेप्सेले यो बैंकको सेयर कारोबार रोक्का गर्दै चित्तबुझ्दो जबाफ माग गरेको थियो। गत आइतबार बैंकले लाभांश प्रस्तावसम्बन्धी सूचना कारोबार भइरहेको बेला १२ः३४ बजे नेप्सेमा पठाएको थियो। 

धितोपत्र विनियमावलीमा त्यस्ता मूल्यमा प्रभाव पार्ने खालका सूचना, जानकारी र निर्णयहरु कारोबार खुल्नुअघि पठाउनुपर्ने हुन्छ। अबका दिनमा त्यस्ता खाले सूचना कारोबार खुल्नुअघि नै पठाउने प्रतिबद्धता जनाएपछि उक्त बैंकको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।