काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको सवा ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार ८७४ संस्थापक कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। 

यसअघि बैंकले संस्थापक सेयरधनीहरुलाई सेयर बिक्री खुला गरेको थियो। तोकिएको ३५ दिनको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरेको हो। 

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।