काठमाण्डौ । सेयर बजार केही समयदेखि १८०० र २००० को बीचमा चलिरहेको छ। डाउ थेउरीअन्तर्गत पनि अहिलेको बजार साइडवेज चलेको मान्न सकिन्छ।
नेप्से चार्टमा आज इन्भर्टेड ह्याम्मर बनेको छ। यस्तो आकृति यदि लामो समयको गिरावटपछि बन्छ भने बजारले ट्रेन्ड रिभर्सलको संकेत गर्छ। आज दिनभरको कारोबारमा बजारले १९१८ मा प्रतिरोध सामना गरेको देखिन्छ। पछिल्लो समयमा बजारले १८८० मा भने सपोर्ट लिएको छ।
इचिमोकुबाट बजारलाई हेर्दा गत ३ नेभेम्बरमा बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेर बजार माथि जान खोजेको छ। (हेर्नुहोस् कालो एरो)
२६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन मूल्यरेखाहरु सँगै हिँडेको छ। यसले बजार साइडवजमा चलेको बुझिन्छ। तर इचिमोकुमा नै ‘लिड १’ र ‘लिड २’बीचको दूरी क्रमशः घट्दै गएको छ। यसले क्लाउडको पोजिसन रातोबाट हरियो हुन सक्ने देखिन्छ। (हेर्नुहोस हरियो एरो)
यदि आगामी कारोबारमा ती दुई लाइनबीच क्रसओभर भएमा बजार बुलिस बनेको बुझिन्छ। तर, अहिले नै त्यस्तो अवस्था भने भइसकेको अवस्था छैन।
आगामी दिनमा यदि बजार बढेमा नजिकको प्रतिरोध १९१८ र घटेमा नजिकको सपोर्ट १८८० मा लिनेछ।
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago