काठमाण्डौ । सेयर बजार प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले अब नेपालको पुँजीबजारमा साइन्टिफिक नेप्से इन्डेक्स बनाउनुपर्ने सुझाव दिएका छन्। 

नेपाल उद्योग वाणिज्य संघले आज राजधानीमा आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा बस्यालले यस्तो सुझाव दिएका हुन्। उनले बजारको विस्तार र विकासका लागि  साइन्टिफिक नेप्से इन्डेक्स बनाउनुपर्नेमा जोड दिएका हुन्। 

सम्मेलनमा ‘क्यापिटल मार्केट अपरच्युनिटिज एन्ड च्यालेन्जेज’ विषय कार्यपत्र प्रस्तुत गर्दै प्राविधिक विश्लेषक बस्यालले बजारमा संस्थागत लगानीकर्ता बढाउनुपर्ने सुझाव पनि दिए। संस्थागत लगानीकर्ता नहुँदा जोखिम बढेको उनको भनाइ थियो।

यसैगरी बस्यालले डेरिभेटिभ मार्केट सञ्चालन गर्नुपर्ने धारणा पनि राखे। रियल सेक्टरका कम्पनीहरुलाई पनि बजारमा ल्याउनुपर्ने उनको सुझाव थियो।

हाल सुन र प्रपर्टी मार्केटको रिटर्न राम्रो रहेको उल्लेख गर्दै बस्यालले प्रश्न गरे, ‘कहिलेकाहीँ लाग्छ सेयर बजारमा लगानी गरेर के पाइयो ?’