काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले करिब सवा ११ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ।

बैंकले संस्थापक र सर्वसाधारण सेयर अनुपात मिलाउनका लागि ११ लाख १९ हजार ५९६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको हो। 

योसँगै अब बैंकको संस्थापक समूहको सेयर स्वामित्व ५४.८५ प्रतिशत भएको छ। त्यस्तै सर्वसाधारण समूहको सेयर स्वामित्व ४५.१५ प्रतिशत पुगेको छ।