काठमाण्डौ । भारतले शुक्रबार प्रक्षेपण गरेको साउथ एसिया स्याटेलाइछ(भू–उपग्रह) मा नेपाल सहित छिमेकी राष्ट्रहरुलाई विशेष सुविधा दिने घोषणा गरेको छ ।
तर उक्त सुविधा उपभोग गर्न सबै छिमेकी राष्ट्रले आफ्नै अर्थ स्टेसन सहितका पूर्वाधार खडा गर्नुपर्नेछ ।
शुक्रबार भारतले बहुप्रतीक्षित उक्त स्याटेलाइट प्रक्षेपण गरेको थियो । उक्त स्याटेलाइटमा भारतले दक्षिण एसियाली छिमेकीलाई सुविधा दिने घोषणा गरेको छ ।
नेपालका लागि पनि दुई स्लटमा ३६ मेगाहर्ज सुविधा दिने घोषणा गरेको छ। सउथ एसिया स्याटेलाइट नाम दिएको उक्त योजनामा पाकिस्तान भने सहभागी छैन् ।
छिमेकी देशलाई केही सुविधा दिने भनेर भारतले भारतले घोषणा गरेकाले नेपालले पनि सो सुविधा प्रयोग गर्न सक्ने सूचना तथा संचार मन्त्रालयका प्रबक्ता रामचन्द्र ढकालले बताए ।
‘भारतले उक्त स्याटेलाइटमा केही सुविधा दिने भनेको छ तर के कति भन्ने यकिन भएको छ्रैन्,’ ढकालले भने, ‘त्यो सुविधा प्रयोग गर्न नेपालले पनि केही तयारी गर्नुपर्छ ।’ यो खबर आजको नागरिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago