काठमाण्डौ। मानवसभ्यताको सबैभन्दा ठूलो त्रासदीमध्ये एक कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि अहिले विश्वका विभिन्न देशले आआफ्नो तरिका अपनाइरहेका छन्।
अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। अधिकांश देशमा अहिले सोसल डिस्टेन्सिङलाई जोड दिइएको छ भने शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिरहेका छन्।
साउदी अबरले भने यो भाइरसबा संक्रमित भएकाहरुको पहिचान गर्न अनौठो तरिका अपनाएको छ। साउदीले ड्रोनका माध्यमबाट सडकमा घुमफिर गरिरहेका मानिसको तापमान नाप्ने काम सुरु गरेको हो।
अहिलेसम्म मानिसको तापमान नाप्न थर्मल किटको प्रयोग भइरहेको छ। त्यस्तै स्वास्थ्य जाँचका क्रममा स्वास्थ्यकर्मी संक्रमित बिरामीको सम्पर्कमा आउँदा कोरोनाको जोखिम झनै बढिरहेको छ। कतिपय स्वास्थ्यकर्मी त आफैँ पनि संक्रमित भएका र ज्यान गुमाएका घटनाहरु पनि सार्वजनिक भइरहेका छन्।
साउदी अरबले सम्भावित कोरोना संक्रमित बिरामीको पहिचान गर्न ड्रोनको सहयोग लिएपछि स्वास्थ्यकर्मीलाई निकै सहज भएको छ। ड्रोनले मानिसको तापमान चेक गरेपछि यदि शंकास्पद देखिएमा आइसोलेसनमा पठाउने गरिएको साउदी अधिकारीहरु बताउँछन्।
ड्रोनको सहायताले अहिले सडकमा हिँडिरहेका सबैजनाको तापमान नाप्न सहज भइरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।
अहिले ड्रोनकै सहायताले साउदीको मरुभूमिमा रहेका ऊँटहरुमा पनि कोरोनाको संक्रमण जाँच गर्ने काम भइरहेको बताइएको छ। केही दिनअघि अमेरिकामा एउटा बाघ र युरोपमा एउटा कुकुरमा कोरोना संक्रमण देखिएको समाचार बाहिर आएपछि साउदीले त्यहाँ रहेका ऊँटहरुमा कोरोना संक्रमण जाँच गर्न थालेको बताइएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago