काठमाण्डौ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले श्रावणको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल जूस लगायतका सेवा प्रदान गरेको छ ।
लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, नेपाल–भारत मैत्री अस्पताल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।
विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई १५० जना विभिन्न स्वयम्सेवकहरुद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ ।
यसकासाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परीक्षण समेत गरिएको कम्पनीले जनाएको छ ।
स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो ।
करिब २ हजार जनाले स्वास्थ्य शिविरबाट लाभ लिएका बताइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19