काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्ध नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ को वित्तीय विवरण सार्वजनिक भएको हो। यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) साउनमा घटेको छ। 

साउनमा नबिल इक्विटी फन्डको न्याभ घटेर १०.५४ रुपैयाँमा झरेको छ। असारमा न्याभ १०.५९ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने घटेर साउनमा १ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ। असारमा कुल लगानी १ अर्ब १५ करोड रुपैयाँ थियो। 

साउनमा पनि यो योजनाले ५९ लाख ६२ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत असारमा यस योजनाको घाटा ४२ करोड ३५ लाख रुपैयाँ थियो। 

साउनमा नबिल ब्यालेन्सड् फन्ड–२ को न्याभ घटेर १०.७२ रुपैयाँमा झरेको छ। असारमा न्याभ १०.८४ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने घटेर साउनमा १ अर्ब १० करोड रुपैयाँमा सीमित बनेको छ। असारमा कुल लगानी १ अर्ब ११ करोड रुपैयाँ थियो। 

साउनमा पनि यो योजनाले ९१ लाख ४४ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत असारमा यस योजनाको घाटा ३५ करोड ५० लाख रुपैयाँ थियो। 

साउनमा नबिल ब्यालेन्सड् फन्ड–३को न्याभ घटेर ८.५३ रुपैयाँमा झरेको छ। असारमा न्याभ ८.५८ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने घटेर साउनमा ८६ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ। असारमा कुल लगानी ८७ करोड ३९ लाख रुपैयाँ थियो। 

साउनमा पनि यो योजनाले ५४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत असारमा यस योजनाको घाटा १७ करोड ८० लाख रुपैयाँ थियो।