काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। 

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३० (इन्डेक्स फन्ड), डाइनामिक डेप्ट फन्ड, ग्रोथ फन्ड र ब्यालेन्सड् फन्डको वित्तीय विवरण प्रकाशित भएको हो। साउनमा ४ वटै योजनाको न्याभ घटेको छ।  

साउनमा सेलेक्ट–३० को न्याभ घटेर १०.५८ रुपैयाँ कायम भएको छ। गत असारमा पनि न्याभ १०.७४ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७७ करोड ४६ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी ७६ करोड ६५ लाख रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल घाटा ४ करोड ९९ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल नाफा ४ करोड १८ लाख रुपैयाँ थियो।

यसैगरी साउनमा डाइनामिक डेप्ट फन्डको न्याभ पनि घटेर १०.०४ रुपैयाँ कायम भएको छ। गत असारमा यो योजनाको न्याभ ११.१० रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४९ करोड ३६ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी ४९ करोड २० लाख रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल घाटा २९ लाख ५२ हजार रुपैयाँ रहेको छ। गत असारमा कुल नाफा ५ करोड २८ लाख रुपैयाँ थियो।

साउनमा ग्रोथ फन्डको न्याभ भने सामान्य घटेर ११.८१ रुपैयाँ कायम भएको छ। गत असारमा न्याभ ११.९८ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७३ करोड ९६ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी ७४ करोड १२ लाख रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल नाफा ५ करोड ८८ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल नाफा १५ करोड ७२ लाख रुपैयाँ थियो।

यस्तै साउनमा ब्यालेन्सड् फन्डको न्याभ पनि घटेर ११.१८ रुपैयाँ नै कायम भएको छ। गत असारमा पनि न्याभ ११.२८ रुपैयाँ नै थियो। 

यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ६१ करोड ५५ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी ६१ करोड ५० लाख रुपैयाँ थियो।

साउनमा यो योजनाको कुल नाफा ८५ लाख ६ हजार रुपैयाँ रहेको छ। गत असारमा कुल नाफा ९ करोड २१ लाख रुपैयाँ थियो।