sanima mai hydro project
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडले आउँदो साउन २७ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यो कम्पनीलाई धितोपत्र बोर्डले असार १५ गते हकप्रद निश्कासनको अनुमति दिएको हो ।
इच्छुुक सेयरधनीले भदौ २९ गतेसम्म तोकिएका स्थानमा गई हकप्रद खरीदका लागि आवेदन दिनसक्ने बताइएको छ ।
यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।
सानिमा माई हाइडद्वोमा संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व हिस्सा क्रमशः ७०, १० र २० प्रतिशत रहेको छ ।
यो कम्पनीको जारी पूँजी २ अर्ब ११ करोड रुपैयाँ हुने गरी प्रबन्धपत्र र नियमावलीमा व्यवस्था गरिएको र सोही पुँजी पुर्याउन हकप्रद जारी गरिएको बताइएको छ । कम्पनीको पाँचौ वार्षिक साधारणसभाले १ बराबर १ को अनुपातमा हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।
२८.१ मेगावाटको तल्लो लिखुु जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन प्रालि तथा तमोर सानिमा इनर्जी प्रालिमध्ये ५४० मेगावाटको तमोर जलविद्युत आयोजनाको प्रवद्र्धन गर्न स्थापित विशेष उद्देश्य कम्पनी सानिमा मिडिल तमोर हाइड्रोपावर लिमीको सेयरमा लगानी गर्न र कम्पनीको माई तथा माई क्यास्केड जलविद्युत आयोजनाहरुको निर्माण लागत अनुमानमा भएको वद्धि बापतको खर्चका लागि कम्पनीलाई आवश्यक पूँजीको व्यवस्था गर्न हकप्रद जारी गर्न लागिएको सानिमाको प्रष्टोक्ति छ ।
यो कम्पनीले इलाममा २२ मेगावाट क्षमताको माई जलविद्युत आयोजना र ७ मेगावाट जडित क्षमताको माई क्यास्केड जलविद्युत आयोजना संचालन गरिरहेको छ ।
बित्तीय अवस्था
सतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको सानिमा माई हाइड्रोको बित्तीय अवस्था सामान्य छ । २ अर्ब ११ करोड सेयर पूँजी रहेको कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ४० करोड २२ लाख बढी सञ्चित मुनाफा हुने प्रक्षेपण गरेको छ । कुनै दीर्घकालीन दायीत्व नहरेको कम्पनीको बैंकमा ४९ करोड ७२ लाख बढी नगद मौज्दात रहने प्रक्षेपण छ । यो आयोजनाले आर्थिक वर्ष ०७४/७५ मा २१ करोड ११ लाख बराबरको लाभांश सेयरधनीलाई वितरण गर्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ मा ब्याज आम्दानी ११ लाखको हाराहारीमा हुने देखिन्छ भने यो कम्पनीले विद्युत बिक्रीबाट यो आर्थिक वर्षमा ८२ करोड ३१ लख आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ३२ करोड खूद सम्पत्ति नेटवर्थ, ११०.३० रुपैयाँ प्रतिसेयर नेटवर्थ,२५.८४ रुपैयाँ प्रतिसेयर आम्दानी हुने अनुमान गरिएको छ ।
कहाँ–कहाँबाट भर्ने आवेदन ?
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago