काठमाण्डौ । भान्साका लागि बढी आवश्यक हरियो सागसब्जीको मूल्यमा अचाक्ली वृद्धि भएको छ । एकसाताको अवधिमै हरियो सागसब्जीको मूल्यमा करिब ३० प्रतिशतले भाउ बढिसकेको छ।
केही सागसब्जीको मूल्यमा पनि गिरावट आएको छ ।
कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय दैनिकजसो काठमाण्डौबासीको चुुल्हो खर्च महंगिने क्रम बढिरहेको छ । दैनिक उपभोग्य वस्तुुमध्ये अत्यावश्यक हरियो सागसब्जीको मूल्य बढ्दा सर्वसाधारणको समग्र बजेट नै प्रभावित हुन्छ ।
कुन सब्जीको भाउ कति बढ्यो ?
चैत १७ गतेसम्म गोलभेडा ठूलोको औसत खुद्रा मूल्य ३५ रुपैयाँ रहेकोमा चैत २४ गते बिहीबार यो मूल्य बढेर ४५ रुपैयाँको विन्दूमा पुुगेको छ । गोलभेडा सानोको मूल्य भने स्थिर छ । एक साताअघि प्रति किलोग्राम ४५ रुपैयाँ रहेकोमा बिहीबार पनि सोही भाउ कायम छ ।
यस्तै, टाटे सिमी एकसातामा प्रति केजी ५५ रुपैयाँबाट बढेर ६५ को उचाईमा पुुगेको छ । यसैगरी, घिउ सिमी ५५ बाट ८५ रुपैयाँ, गाजर ३५ बाट ४५, फर्सी हरियो २५ बाट २८, बरेला ४५ बाट ६५, च्याउ १०५ बाट २०५, सजिवन १२५ बाट १३५, कोइरालो १२५ बाट २०५ रुपैयाँको उचाईमा पुुगेको छ । कागती १ सय दानाको ६५० रुपैयाँबाट ६७५ रुपैयाँ, सुन्तला ६५ बाट ८५, मौसम १०५ बाट ११५, रुख कटहर ६५ बाट १०५ रुपैयाँ पुुगेको छ । लसून हरियो प्रति केजी ९५ बाट ११५ रुपैयाँ, लसुन सुकेको चाइनजि २९५ बाट ३१५ र लसून सुकेको नेपाली १९० बाट २१० रुपैयाँ पुुगेको छ । यो हिसाबले एकसाताको अवधिमा सबैभन्दा बढी मूल्य च्याउ, कोइरालो र रुख कटहरको बढेको देखिएको छ ।
सस्तिएका सागसब्जी
यो अवधिमा केही सागसब्जीको भाउ समेत घटेको छ । तर, वृद्धिको तुलनामा गिरावट सामान्य छ । मटरकोसा एकसाताअघि ७५ रुपैयाँ रहेकोमा घटेर प्रति केजी ६५ रुपैयाँमा झरेको छ । यस्तै, फर्सी पाकेको ४५ बाट ३५, रायो, पालुंगा, चौसुु, तोरी र मेथीको साग ५३ बाट ४८, बकुला ६५ बाट ५५, जिरीको साग ५८ बाट ५३, ग्याठ कोबी ५३ बाट ४८, सौफको साग ५८ बाट ५३, गान्टे मूला ५३ बाड ४८, तरबजुटा ३५ बाट २८, अदूवा ६५ बाट ५५, भेडेड खुर्सानी ९५ बाट ७५ र हरियो धनियाँ ९५ बाट ७५ रुपैयाँमा झरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19